नियम ४oख
मुद्दाको मार्गसमूह परिवर्तनः
(१) सरल मार्गसमूहमा रहेको मुद्दा सामान्य मार्गसमूहमा र विशेष मार्गसमूहमा तथा सामान्य मार्गसमूहमा रहेको मुद्दा विशेष मार्गसमूहमा परिवर्तन गर्न सकिनेछ ।

(२) उपनियम (१) बमोजिम मार्गसमूह परिवर्तन गर्ने आधारहरू सर्वोच्च अदालतले बनाई लागू गर्ने निर्देशिका वा दिग्दर्शनमा उल्लेख भएबमोजिम हुनेछ।